|
२०८३ बैशाख ७
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रीहरूलाई आइफोन वितरण गरिएको भन्ने चर्चा निराधार भएको बताएका छन्। पार्टी सचिवालय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ता भ्रामक खबरमा विश्वास नगर्न आग्रह गरे।
उनका अनुसार मन्त्रीहरूले महँगो उपहार लिएको भन्ने कुरा सही नभएको बुझिएको छ। यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले पनि आइफोन वितरणसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पार्दै सरकार सार्वजनिक धनको दुरुपयोग नगर्ने बताएका थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्