महामन्त्री ढकालले पार्टीलाई दिएको सुझाव सकारात्मक छ : रवि लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १३
twitter sharing button

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महामन्त्री डा. मुकुल ढकालले समीक्षा यात्राको प्रतिवेदनमा उल्लेख गरेको कुरा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

पार्टीका महामन्त्रीले पार्टी सिकिस्त बिरामी छ, यही अवस्थामा जान सकिँदैन, पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नुभयो नि भनी पत्रकारले राखेको प्रश्नमा लामिछानेले भने, ‘पार्टीका महामन्त्रीजीले पार्टीको चिन्ता गर्नुभएको, उहाँले समीक्षा गर्नुभयो, त्यसलाई सही ढंगले उपचार गर्नुपर्छ भन्नु त बुझेर, नागरिककको प्रतिक्रिया लिएर भन्नुभएको हो। त्यत्रो अपेक्षा गरिएको छ, त्यो अपेक्षा पूरा गर्न त हामीले शल्यक्रिया नै नगरी हुँदैन है, भनेको कुरा त राम्रो कुरा हो नि, स्वाभाविक हो नि।’यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

बिहीबार बिहान पत्रकारले राखेको जिज्ञासामा गृहमन्त्रीसमेत रहेका लामिछानेले महामन्त्री ढकालले पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नु पार्टीको हितमै भएको जवाफ दिएका हुन्।

linkedin sharing button
sharethis sharing button

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *