|
२०८३ बैशाख ४
काठमाडौंस्थित मुक्तिनाथ विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतका रूपमा तारा मानन्धरलाई नियुक्त गरेको छ। सञ्चालक समितिको वैशाख ३ गते बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि जिम्मेवारी दिने निर्णय गरेको हो।
मानन्धरले जेठ १ गतेदेखि औपचारिक रूपमा पदभार सम्हाल्नेछन्।
बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले नेपालका विभिन्न वाणिज्य तथा विकास बैंकहरूमा कार्यरत रहँदै नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्