काठमाण्डौँ । विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, एमाले र नेकपा संयुक्त बैठक बसेका हुन् ।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विपक्षी दलका नेताहरु अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायत सहभागी भएका छन्न् ।
बैठकले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने नदिनेबारे निर्णय लिनेछ ।
आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।
मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्