काठमाडौँमा आजदेखि रात्रिकालीन विद्युतीय बस सञ्चालन हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १

काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने भएको छ ।

नयाँ वर्ष २०८३ को अवसर पारेर महानगरपालिकाले रात्रिकालीन बसको सुरक्षाका लागि हरेक बसमा सीसीटिभी क्यामेरा जडानका साथ एक जना नगर प्रहरी समेत खटाएर सेवा सुरु गरेको छ । प्रारम्भिक चरणमा यो सेवा काठमाडौँका दुई मुख्य रुटमा सञ्चालन हुनेछ ।

पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीस्थित गंगालाल हृदय केन्द्रसम्म पुग्नेछ । दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ ।

यी बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म हरेक २० मिनेटको अन्तरालमा छुट्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *