सांसद हर्क साम्पाङको दाबी—आफ्नो नाममा जग्गा छैन, सामान्य बचत मात्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो नाममा कुनै अचल सम्पत्ति नभएको र वैदेशिक रोजगारीबाट कमाएको करिब ४–५ तोला सुन तथा २–४ लाख रुपैयाँ बैंक बचत मात्र रहेको जानकारी दिएका हुन्।

उनका अनुसार खोटाङस्थित पैतृक खेतबारी आमाको नाममा रहेको छ र त्यसमा आफूले अंश लिएका छैनन्। नागरिकस्तरबाट उठेको प्रश्नलाई सम्बोधन गर्दै उनले औपचारिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *