|
२०८२ चैत्र ३०
काठमाण्डौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखहरूसँग छलफल गरेका छन् ।
उनले आइतबार पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग छलफल गरेका हुन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्