|
२०८२ चैत्र २७
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। यस क्रममा दुई जना नयाँ मन्त्री नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ।
हालै श्रममन्त्री दिपक साहलाई पदमुक्त गरेपछि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढाइएको हो।
नयाँ मन्त्रीका रूपमा रामजी यादव र गौरीकुमारी यादवलाई नियुक्त गर्ने तयारी भएको बताइएको छ। रामजी यादवलाई श्रम मन्त्रालय र गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ।
यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए।
रामजी यादव सप्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद हुन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्