रास्वपाको संसदीय दलको बैठक आज बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय तलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

बैठकमा उपसभामुखको निर्वाचनलगायत विविध विषयमा छलफल हुने जनाइएको छ। उपसभामुखका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने कार्यसूची तय भएको छ।

प्रतिनिधिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी दर्ता भएको छ।

लामाको प्रस्तावकमा ज्ञान बहादुर शाही रहेका छन् भने समर्थकमा ताहिर अलि भाट,खुश्बु ओली र भरत गिरी रहेका छन् । यस्तै रुबीको प्रस्तावकमा आरेन राई र समर्थकमा अशोक कुमार चौधरी र अम्विका देवी संग्रौला रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *