बैशाख १७ गतेदेखि बागमती गोल्डकप सुरु, विजेताले १० लाख पाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २६

काठमाडौं । आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बैशाखमा हुने भएको छ । प्रतियोगिता मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने भएको हो ।

बागमती खेलकुद विकास समिति संयोजक रहरसिं थिङले आगामी बैशाख १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने बताए । प्रतियोगितामा आयोजकसहित १० टोली सहभागी हुने उनले बताए ।

प्रतियोगितामा मलेसियाको पेनाङ फुटबल क्लबसहित चर्चब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, फ्रेन्डस् क्लब, प्लानिङ ब्वाइज युनाइटेड, बागमती युथ क्लब, जीतपुरसिमरा क्लब र आयोजक टोली सहभागी रहनेछन् ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले हरेक वर्ष फागुनमा गोल्डकप आयोजना गर्दै आइरहेको भए पनि लिग प्रतियोगिताका कारण पछाडि सार्नुपरेको बताए ।

पालिकाले खेलक्षेत्रमा लगानी गरेर आफ्नै रंगशाला तयार पारेर एकेडमी सञ्चालन गर्न लागेको उनले बताए । गोल्डकपका लागि पालिकाले ५० लाख बजेट विनियोजन गरेको अध्यक्ष घलानले बताए ।

उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार, विधागत् उत्कृष्टले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *