काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको लामो समयदेखिको गुनासो सम्बोधन गर्दै डाटा सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट पैसा काटिने प्रणाली अन्त्य गर्ने भएको छ ।
अब ग्राहकले डाटा प्याकेज ९० प्रतिशत सकिँदा पूर्वसूचना पाउनेछन् र त्यसपछि नयाँ प्याकेज लिने वा ‘पे–एज–यू–गो’ विकल्प रोज्ने निर्णय आफैं गर्न सक्नेछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि टेलिकमले सेवा सुधारका लागि १० बुँदे कार्ययोजना लागू गर्दै ग्राहक सेवा, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रिया सरल बनाउने काम अघि बढाएको हो ।
यससँगै ‘वन टाइम केवाइसी’ प्रणाली, अनलाइन सेवा विस्तार (ई–सिम, गुनासो व्यवस्थापन, सिम पुनःप्राप्ति आदि) र ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना पनि कार्यान्वयनमा ल्याइँदैछ।
टेलिकमका अनुसार नयाँ प्रणाली केही दिनभित्र पूर्ण रूपमा लागू हुनेछ र यसले ग्राहकलाई थप पारदर्शी तथा सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्