एमालेको संसदीय दलको नेतामा थापा निर्विरोध निर्वाचित, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १८

काठमाण्डौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन् ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका थिए । सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसकेका थिए ।

यद्यपि उनले समर्थक र प्रस्तावक पाएनन् । सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *