|
२०८२ चैत्र १८
काठमाण्डौँ । नेकपा एमालेले संसदीय दलको नेता निर्वाचनबाट छान्ने तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङको दाबी परेपछि चुनावको तयारी गरिएको सांसद राजेन्द्र कुमार राईले जानकारी दिए ।
नेकपा एमालेको संसदीय दलमा २५ सदस्य छन् । ती मध्ये ९ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन् । अध्यक्ष ओलीले समानुपातिकतर्फ निर्वाचित उपाध्यक्ष थापालाई दलको नेता बनाउन चाहेका थिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्