कुवेती तेल ट्यांकरमा इरानी ड्रोन आक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाडौँ । दुबई नजिकको समुद्रमा रहेको कुवेती कच्चा तेल बोकेको ट्यांकरमा ड्रोन आक्रमण भएपछि आगलागी भएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरूले मंगलबार जनाएका छन् ।

कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) का अनुसार ‘अल–साल्मी’ नाम गरेको ठूलो तेल ट्यांकरमाथि इरानबाट ड्रोन आक्रमण गरिएको हो । उक्त जहाज दुबईको समुद्री क्षेत्र नजिकै एङ्कर गरिएको अवस्थामा थियो । दुबई सरकारका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । जहाजमा रहेका सबै २४ जना चालक दल सुरक्षित छन् ।

उक्त ट्यांकरमा कच्चा तेल भरिभराउ भएकोले तेल चुहावटको जोखिम रहेको भन्दै केपीसीले चिन्ता व्यक्त गरेको छ । कुवेत न्युज एजेन्सी ९कुना०ले जनाएअनुसार आक्रमणपछि आगलागी भएको थियो ।

ब्रिटिश सैन्य निगरानी निकाय यूकेएमटीओका अनुसार जहाज दुबईबाट करिब ३१ नटिकल माइल उत्तर–पश्चिम क्षेत्रमा रहेको थियो । जहाजमा भएको क्षति र समग्र अवस्थाको मूल्याङ्कन भइरहेको अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *