आज मन्त्रिपरिषद् बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १६

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् ।

एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ । हाल त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छ । के कार्यसूचीलाई कार्यान्वयनका लागि अघि बढाइसकेको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । अन्य मुद्दाका व्यक्तिहरुलाई पनि पक्राउ पर्ने क्रम जारी छ ।

मन्त्रिपरिषद बैठकमा यसै सन्दर्भ र सरकारका अन्य नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *