|
२०८२ चैत्र १५
काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।
आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखि निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसदबाट उठाएको बिषय भएको उल्लेख गरे ।
प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रुपमा हेरेपछि प्रतिक्रिया दिने जानकारी दिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्