कांग्रेस सभापति गगन थापाले दिए बालेनलाई बधाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १३

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।

पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् ।

देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने उनले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *