काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने विषयमा भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र उपलब्धिमूलक भएको दाबी गरेका छन् । विगत दुई दिनदेखि जारी सघन छलफलपछि ट्रम्पले मध्यपूर्वमा जारी युद्ध र तनावको पूर्ण समाधानका लागि ‘धेरै राम्रो र उत्पादक’ कुराकानी भएको बताएका हुन् ।
ट्रम्पको यो भनाइले लामो समयदेखि युद्धको सङ्घारमा रहेको विश्व राजनीतिमा केही राहतको संकेत दिएको छ। आफ्नो सामाजिक सञ्जाल ुट्रुथ सोसलु मा लेख्दै ट्रम्पले वार्ताको प्रकृति र लय निकै गम्भीर, विस्तृत र रचनात्मक रहेको उल्लेख गरेका छन् । यो सकारात्मक वातावरणलाई थप मजबुत बनाउन इरानसँगको वार्ता यसै हप्ताभरि जारी रहने उनले जानकारी दिएका छन् । इरानसँगको सम्बन्धमा देखिएका जटिलता हटाउन अमेरिकाले अहिले कूटनीतिक पहललाई तीव्रता दिएको देखिन्छ ।
यही वार्ताको सफलतालाई मध्यनजर गर्दै ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्