नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गरी फोरजीमा रूपान्तरण गर्ने प्रक्रिया सुरु, पुराना सिम निःशुल्क फोरजीमा बदल्न आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ६

काठमाण्डौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो ३जी सेवा पूर्ण रूपमा बन्द गरी ४जीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ ।

सेवालाई गुणस्तरीय र आधुनिक बनाउने उद्देश्य रहेको भन्दै टेलिकमले २जी र ३जी मात्र सपोर्ट गर्ने पुराना सिम प्रयोगकर्ताहरूलाई यथाशीघ्र ४जीमा अपग्रेड गर्न ग्राहकहरूलाई शुक्रबार एक सूचनामार्फत सूचित गरेको हो ।

यस सम्बन्धमा कम्पनीले पुराना सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई म्यासेज र सिष्टममार्फत जानकारी गराउन सुरु गरिसकेको जनाएको छ । टेलिकमले यस्ता ग्राहकहरूलाई आफ्नो नजिकको कार्यालयमा गई निःशुल्क ४जी सिम लिन अनुरोध गरेको छ ।

सिम परिवर्तन गर्नका लागि ग्राहकले आफ्नो नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक सरकारी पहिचान पत्र साथमा लैजानुपर्नेछ । यस्तै, पहिले नै ४जी सिम प्रयोग गरिरहेका ग्राहकहरूले भने आफ्नो मोबाइलबाट ८४४४३ डायल गरी ४जी तथा भोल्टे सेवा सक्रिय गर्न सक्ने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *