रास्वपाको अभिमुखीकरणमा पुगे सभापति रवि लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा पुगेका छन् ।

उनी ललितपुरको ग्वार्कोस्थित हिजोबाट अभिमुखीकरण चलिरहेको स्थलमा पुगेका हुन् ।

रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ ।

यसैबीच अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य सभापति रवि लामिछानेले गर्ने कार्यतालिका तय भएको थियो । उनी सोही कार्यतालिकाका लागि त्यहाँ पुगेका हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा गएका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *