|
चैत्र ४, २०८२
काठमाण्डौँ । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार, मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्