निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने कांग्रेसको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २९

काठमाण्डौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए ।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो बनेको कांग्रेस अहिले दोस्रोमा झरेको छ । दोस्रोमा मात्रै झरेको छैन, इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा संसद्मा उभिने निश्चित भएको छ । यसबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लागेको हो ।

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट गरी ३८ सिटमात्रै जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *