काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् ।
चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।
उनले उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाएका छन् ।
यस्तै, मतदाता प्रशिक्षणमा खाजा खर्च १४ हजार २ सय रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार, प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ, ब्यानर स्टिरकमा ५५ हजार रुपैयाँ र खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई बुझाएको विवरणमा लेखेका छन् ।
यस्तै, हवाई खर्च १३ हजार ६ सय २६ रुपैयाँ र गोष्ठी भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्