|
२०८२ फाल्गुन २३
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् ।
वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३९३ मत पाएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्