विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्ति यी मतदान केन्द्रबाट मतदान गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। उच्च पदाधिकारी, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिष्ठित व्यक्तिहरूले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मत हाल्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखास्थित धापासी केन्द्रबाट मतदान गर्नेछिन् भने एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको बालकोटमा मतदान गर्नेछन्। कांग्रेस सभापति गगनकुमार थापा, रास्वपा सभापति रवि लामिछाने र नेकपा नेता पुष्पकमल दाहालले पनि आफ्ना–आफ्ना केन्द्रबाट मतदान गर्नेछन्।

पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीले पनि आ–आफ्नो मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने कार्यक्रम रहेको छ। तर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेकाले यसपटक मतदान नगर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *