सोलुखुम्बु । भोलि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा सम्पूर्ण चुनावी तयारी पुरा भएको छ ।
यस पटकको निर्वाचनमा सोलुखुम्बुको चुनावी मैदानमा विभिन्न राजनीतिक दलका १२ जना उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरूले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ । प्राप्त विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले ढुंगा खानी आधारभूत विद्यालय, रुगाखानीबाट मतदान गर्नेछन् । नेकपा एमालेकी उम्मेदवार कल्पना राईले नाजिङ आधारभूत विद्यालय सेक्रारसिंहबाट आफ्नो मत दिनेछन् भने नेपाल कम्युनिष्ट पार्टीका असिम राईले पन्चनस्थित वडा कार्यालय भवनको मतदान केन्द्र बाट मतदान गर्ने छन् ।
यसैगरी, उज्यालो नेपाल पार्टीका पेम्वा छिरि शेर्पाले खरीखोला माध्यमिक विद्यालय र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले बुद्ध माध्यमिक विद्यालयबाट मतदान गर्ने तय भएको छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कमल बहादुर मगरले जनकल्याण आधारभूत विद्यालय सिगमेबाट र आम जनता पार्टीका उम्मेदवार गुणराज एफ भट्टराईले नेचासल्यान गाउँपालिकाको भवन (नेचाबेतारी) बाट मतदान गर्नेछन् ।
यता, मितेरी पार्टी नेपालका उम्मेदवार श्रीध्वज तामाङले जनता माध्यमिक विद्यालय लोखिम र जनता समाजवादी पार्टीका लाक्पा शेर्पाले सल्लेरीस्थित जन जागृति माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषिधन थुलुङ राईले सिंहकाली आधारभूत विद्यालय तिङ्ला, मंगोल नेशनल अर्गनाइजेसनका मनकुमार गुरुङले त्रिभुवन विद्योदय माध्यमिक विद्यालय मैदेल र राई श्रम संस्कृति पार्टीका उम्मेदवार वियस राईले नेचासल्यानको जलेश्वरी आधारभूत विद्यालय चौताराबाट मतदान गर्दै छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्