यी शीर्ष नेताले कुन-कुन ठाउँबाट गरे मतदान?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४

काठमाडौंः देशभर मतदान कार्य जारी छ। अहिलेसम्म विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुले मत खसालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै जन्मथलो गन्यापधुरा गाउँपालिका– १ को अशिग्राम माध्यमिक विद्यालय रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्। अध्यक्ष प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल, शान्तिपुर ’क’ केन्द्रबाट मतदान गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। गौरस्थित राम जानकी प्रावि नेता नेपालले बिहान मतदान गरेका हुन्। 

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।  
त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञानभवन मतदान केन्द्रबाट मतदान गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि मतदान गरेका छन्। नेकपा एमालेसँग चुनावी तालमेल गरेर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका लिङदेनले हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालय  गोलधाप मतदान केन्द्र (ख) बाट मतदान गरेका हुन्। 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर–५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामीछानेले काठमाडौंको महांकाल चौरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *