काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार सुरु भएसँगै काठमाडौं–५ मा प्रमुख दलका नेताहरूको चर्चा बढेको छ।
यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा, नेपाल कम्युनिष्ट पार्टीकी कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीकी सस्मित पोखरेल उम्मेदवार रहेका छन्।
गत निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार मतसहित विजयी भएका थिए भने एमालेका पोखरेल निकटतम् प्रतिस्पर्धी बनेका थिए। अन्य नयाँ दल र स्वतन्त्र उम्मेदवार पनि यस क्षेत्रमा मैदानमा छन्।
निर्वाचनका लागि काठमाडौं–५ मा जनता समाजवादी पार्टी, मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगति लोकतान्त्रिक पार्टी, संयुक्त नागरिक पार्टीलगायत विभिन्न दलका उम्मेदवारहरूले चुनावी मैदानमा प्रतिस्पर्धा गर्नेछन्।
देशभर प्रत्यक्षतर्फ ३,४०६ उम्मेदवार, समानुपातिकतर्फ ३,१३५ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। निर्वाचनका लागि कूल मतदाता एक करोड ८९ लाख रहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्