सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेता गुरुङले आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १८

काठमाण्डौँ । नेकपा (एमाले) का नेता बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा मत दिन आह्वान गरेका छन् । गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत सो आह्वान गरेका हुन् ।

उनले विगतमा एमालेको मत घट्दा माओवादीको बढ्ने र माओवादीको घट्दा एमालेको बढ्ने गरेको भए पनि योपटकको चुनावमा त्यो मत बाहिर जाने सम्भावना रहेकोले कम्युनिस्ट मत कम्युनिस्टमै हाल्न आह्वान गरेका छन् ।

‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ’, उनले लेखेका छन्, ‘ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिह्नमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिह्नमा हालौँ, तर अन्य पार्टीमा नहालौँ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *