दोस्रो पुस्ताका नेता एमाले छाडेर आए अध्यक्ष पद दिने माधवको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै आफूलाई छाडेर एमालेमा बसेका नेताहरुलाई आउन आह्वान गर्नुभएको छ।

पेशागत महासंघ नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी विभाजनपछि एमालेमै रहेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको बताउनुभयो।

‘आउनुहोस्… दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्… नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भईहाल्छु, भएन? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो’, उहाँले भन्नुभयो।

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताउनुभयो।

आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *