हिंसात्मक झडपमा कम्तीमा आठ व्यक्तिको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाण्डौँ । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार इरान समर्थक प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासमाथि आक्रमण गर्ने प्रयास गरेका छन् । उद्धार सेवाका अनुसार यस हिंसात्मक झडपमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। यस घटनाले कराची सहरको सुरक्षा अवस्थालाई एकाएक तनावग्रस्त बनाएको छ ।

एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य ढोका ९गेट० मा चढेर कन्सुलर भवनको ुड्राइभवेु सम्म पुग्न सफल भएका थिए। सो क्रममा भवनका केही झ्यालहरू तोडिएका छन् । भीडलाई तितरबितर पार्न सुरक्षा टोलीले अश्रु ग्यास प्रहार गरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीले झ्याल तोडफोड गरेको र काँडेदार तारको सुरक्षा घेरा नाघ्न खोजेको दृश्य देखिएका छन् ।

घटनास्थलमा रहेका एक प्रदर्शनकारीले भने, ूहामी एकताबद्ध रहनुपर्छ, कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन।ू अर्का एक प्रदर्शनकारीले आफ्ना नेताको हत्याको बदला लिन वाणिज्य दूतावासमा आगो लगाउनेसम्मको धम्की दिएका छन् । यद्यपि, आगजनीको प्रयास पूर्ण रूपमा सफल भएको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

कराचीको यो घटनापछि पाकिस्तानका अन्य सहरहरू लाहोर र स्कार्दूमा पनि हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *