|
२०८२ फाल्गुन १५
काठमाण्डौँ । निर्वाचन आयोगले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही स्वरुप २५ हजार जरिवाना गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।
उनले भने, ‘निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ. आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को उल्लङ्घन गरेकोमा श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम पच्चीस हजार जरिवाना गर्ने निर्णय भएको छ।’


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्