रास्वपाका सभापति रवि लामिछानेः मलाई अन्तिम इच्छा सोध्नेलाई फागुन २१ गते मतबाट जवाफ दिन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १५

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अन्तिम इच्छा सोध्नेलाई फागुन २१ गते मतबाट देखाइदिन आग्रह गरेका छन् । शुक्रबार चितवनमा भएको चुनावी सभामा सम्बोधन गर्दै रविले अन्तिम इच्छा देखाइदिने बताएका हुन् ।

‘म विरुद्ध प्रमाण छ भनेको ६५८ दिन भएछ । अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । तेरो अन्तिम इच्छा के हो भनेर बेडरुपमा सोधेको मैले जवाफ दिएको थिइनँ । मेरो अन्तिम इच्छा के हो ? फागुन २१ गते भोटबाट देखाइदिनुहोला । यो मागी खाने देश होइन । यो गरिखाने देश हो । हामी सुशासनको मानक बनाउन चाहन्छौँ’, उनले भने ।

कार्यक्रममा रविले यो पटक भोट नबदल्न आम मतदाता समक्षा आग्रह गरे । प्रतिपक्ष विहीन बनाएर रास्वपालाई भोट दिन उनले अपिल गरे ।

यता पनि रास्वपा । उतापनि रास्वपा । यो पूर्वाग्रह राखेर भनेको होइन । उहाँहरूले इतिहासमा देखाएका योगदानको कदर स्वरूप पाँच वर्ष सडकको प्रतिपक्षमा राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *