काभ्रे–२ मा चारपक्षीय कडा प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काभ्रे । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचन यस पटक थप रोचक बनेको छ ।

दुई कार्यकाल सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले टिकट नपाएपछि नेकपा एमालेले धुलिखेलका पूर्वमेयर अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसबाट मधुप्रसाद आचार्य मैदानमा छन् ।

यस क्षेत्रमा १६ दल र ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु र राप्रपाबाट रञ्जीव श्रेष्ठ प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

एमालेभित्रको असन्तुष्टि, कांग्रेसको रणनीति र नयाँ दलहरूको उपस्थितिका कारण मुख्यतः एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

२०७९ को निर्वाचनमा एमालेका गोकुल बास्कोटा विजयी भएका थिए भने समानुपातिकतर्फ पनि एमाले अग्रस्थानमा रहेको थियो । यस पटक भने मत विभाजन र नयाँ समीकरणले नतिजा कसको पक्षमा जान्छ भन्ने चासो बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *