आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाण्डौँ । सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय ९७ रुपैयाँ निर्धारण भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्वदेशी बजारमा पनि परेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *