टिकट विवाद र संगठन कमजोरीले मधेसमा रास्वपा दबाबमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रारम्भिक जनलहर कमजोर बन्दै गएको देखिएको छ। पार्टीभित्र नेतृत्व व्यवस्थापनमा कमजोरी, टिकट वितरणमा असन्तुष्टि र नेताहरूको पार्टी त्याग्ने क्रम बढ्दा चुनौती थपिएको विश्लेषण गरिएको छ।

मधेसमा कांग्रेस, एमालेलगायत पुराना दलहरूको वडा तहसम्म बलियो संगठन रहेकाले रास्वपाले मतदाताको विश्वास जोगाइराख्न कठिनाइ भोगिरहेको स्थानीय विश्लेषकहरूको भनाइ छ। विशेषगरी अन्य दलबाट आएका नेताहरूले टिकट पाउँदा सुरुदेखि पार्टीमा लागेकाहरू असन्तुष्ट बनेका छन्।

२०७९ को निर्वाचनमा रास्वपाले मधेस प्रदेशमा समानुपातिकतर्फ १ लाख ७ हजार ८४ र प्रत्यक्षतर्फ ३२ हजार ५३७ मत पाएको थियो। यसपटक पनि प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत आउने अनुमान गरिए पनि संगठनात्मक कमजोरीले परिणाम प्रभावित हुन सक्ने देखिएको छ।

पार्टी नेताहरूले भने मधेससहित देशभर आकर्षण बढिरहेको दाबी गरेका छन्। तर विश्लेषकहरूका अनुसार संगठन विस्तार, मतदाता व्यवस्थापन र आन्तरिक एकता कायम राख्न नसके मधेसमा रास्वपाको प्रदर्शन अपेक्षाभन्दा कमजोर हुन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *