धादिङमा भीषण बस दुर्घटना : त्रिशूलीमा खस्दा १७ जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

पोखराबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ज्यान गुमाउनेमा ६ महिला र ११ पुरुष रहेका छन् भने २७ जना घाइते भएका छन्।

ग१ख १४२१ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडाबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटना गएराति करिब १ बजे भएको हो। बस पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म ल्याई, त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाइएको थियो। रातिको समय, अप्ठ्यारो भूगोल र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको बताइएको छ।

दुर्घटनामा एक जना न्यूजील्याण्डका नागरिकसहित केही विदेशी पर्यटकसमेत परेको जानकारी प्राप्त भएको छ। मृतक तथा घाइतेको पहिचान खुलाउने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *