जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ ।

बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले दिए ।

‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो,’ उनले भने, ‘१ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

उनले मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन नभएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *