|
२०८२ फाल्गुन १०
सोलुखुम्बु । सोलु हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को हप्ता अन्त्यतिर नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकरण हुने तयारीमा छ। नेप्सेमा आवश्यक कागजात पठाइसकिएको र सूचीकरण प्रक्रिया चाँडै सम्पन्न हुने सेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्टका एक कर्मचारीले जानकारी दिएका छन् ।
आईपीओका लागि माघ २९ गते CDSC,, कम्पनी तथा नविल इन्भेष्टमेन्ट बैंकिङ्गबीच धितोपत्र अभौतिकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । अब लगानीकर्ताहरूको डिम्याट खातामा आईपीओ सेयर जम्मा गरिनेछ ।
नेप्सेमा सूचीकरण भए पछि, कम्पनीका सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । पहिलो कारोबारका लागि नेप्सेले तोक्ने ओपनिङ् रेंज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म हुनेछ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्