|
२०८२ फाल्गुन ७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन् ।
भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको ओलीको भनाइ छ ।
‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिला । देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन,’ ओलीले भनेका छन् ।
आफूहरू निर्माणको पक्षमा भएको भन्दै उत्तेजनाको पक्षमा नरहेको उनले बताए ।
उनले एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा भएको पनि दाबी गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्