२१ फागुनको निर्वाचनमा आफ्नो दलले क्लिन स्वीप गर्ने रविको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनको निर्वाचनमा आफ्नो दलले क्लिन स्वीप गर्ने बताएका छन् । बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा आफ्ना विश्वासपात्र दीपक बोहरालाई भोट माग्दै लामिछानेले यस्तो बताएका हुन् ।

माघ दोस्रो साता रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा दीपक बोहराकै निर्वाचन क्षेत्र पुगेका थिए । त्यहाँ आयोजित कार्यक्रममा घण्टी बजाउँदा रालोसहित डोरी चुँडिएको थियो ।

यस्तै, लामिछानेले २१ गतेको दिन विशेष भएको पनि बताएका छन् । आफ्ना २१ जना सांसदलाई यसअघि संसदबाट जवरजस्त रूपमा निकालिएको भन्दै लामिछानेले त्यसको जवाफ २१ गते जनताले दिने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *