चुनावी अभियानका लागि बालेन निर्वाचन क्षेत्रमा, रवि लामिछाने रुपन्देहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले चुनावी अभियान अन्तर्गत विभिन्न जिल्लामा जनसम्पर्क कार्यक्रम गरिरहेका छन् ।

जसअनुसार सभापति लामिछानेले सोमबार रुपन्देहीका विभिन्न स्थानमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम गर्दैछन् । पार्टीले सार्वजनिक गरेको तालिका अनुसार लामिछानेले देवदह, ओमसतिया, रोहिणी, सिद्धार्थनगर, शुद्धोदन, बुटवल, सैनामैना, कञ्चनपुर, गैडहवा र लुम्बिनी क्षेत्रका विभिन्न चोक र बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ। लामिछानेले उम्मेदवारी भने चितवन २ बाट दिएका छन् ।

यसैगरी शाहले आज आफ्नो निर्वाचन झापा क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न स्थानमा नागरिक भेटघाट कार्यक्रम गर्दै छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *