|
२०८२ माघ २२
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते नै निर्वाचन हुन सक्ने सम्भावना रहेको बताएका छन् । गृहजिल्ला झापामा आयोजित स्थानीयवासीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सम्भवतः फागुन २१ मै चुनाव हुने उल्लेख गर्दै त्यसका लागि पार्टी तयार रहनुपर्नेमा जोड दिए ।
एमालेलाई देशभक्तिको प्रतिनिधित्व गर्ने र राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्ने अगुवा शक्तिका रूपमा चित्रण गर्दै उनले राष्ट्रिय हितको रक्षाका लागि एमालेको विजय अनिवार्य रहेको दाबी गरेका छन् ।
आफ्नो नेतृत्वको सरकारका पालामा देशमा विकास निर्माणका कामहरूले निकै गति लिएको दाबी गर्दै उनले समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको बताए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्