इटलीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १३

१३ असार, काठमाडौँ। इटालीद्वारा नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको छ । दोस्रो लहरको कोरोना भाइरसको प्रकोपबाट लड्न इटालीले भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो। उक्त सहयोग युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले नेपाललाई हस्तान्तरण गरेको हो।

नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु इटालीकी राजदूत भिन्सेन्जो डि लुकालगायत जर्मनी र फ्रान्सका राजदूतको उपस्थितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेकी छन्।

राजदूत डि लुकाले युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत प्रदान गरिएको राहत नेपालीहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको स्रोत भएको बताए।

यस्तै, युरोपियन युनियनकी राजदूत नोनाले यो सहयोगले नेपालीहरुको अमूल्य जीवन बचाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *