ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै खाता खोल्न सकिने नयाँ सेवा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई अझ सजिलो र छिटो बैंकिङ सेवा दिन किओस्क मेसिनबाटै बैंक खाता खोल्ने नयाँ सुविधा सुरु गरेको छ।

बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा यो सेवा सार्वजनिक गरेको हो। अब ग्राहकले बैंकको शाखामा रहेको किओस्क मेसिन प्रयोग गरेर आफैं खाता खोल्न सक्नेछन्।

हालका लागि यो सुविधा काठमाडौँको कमलादीस्थित बैंकको डिजिटल युनिभर्समा उपलब्ध छ। खाता खोल्न चाहने ग्राहकले किओस्क मेसिनमार्फत आवश्यक व्यक्तिगत विवरण भर्नु पर्नेछ र आवश्यक कागजातहरू अपलोड गरेपछि तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन्।

यसअघि नै बैंकले सोही डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिट सेवा दिँदै आएको थियो। बैंकले भविष्यमा यस्ता डिजिटल सेवालाई अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।

ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले हाल देशभर शाखा, एटिएम, शाखारहित बैंकिङ तथा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट उत्कृष्ट बैंकका रूपमा थुप्रै प्रतिष्ठित अवार्डहरू समेत प्राप्त गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *