|
२०८२ माघ १३
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबारदेखि पश्चिम तराईमा छन् ।
झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडको भ्रमण सकेर फर्केका उनी सोमबार सुदूरपश्चिम जान काठमाडौंबाट हिँडेका थिए ।
बालेन मंगलबार (आज) दिउँसो मात्रै सुदूरपश्चिम पुग्ने कार्यक्रम छ । त्यसअघि उनी बाँके र बर्दियाका केही कार्यक्रममा सहभागी हुने र समर्थकसम्म पुग्ने गरिरहेका छन् ।
यसैबिचमा आज बिहान उनले बर्दिया–२ मा राजापुरस्थित खोलिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । यस्तै उनले बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिरको पनि दर्शन गरेका गरेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्