नेपालमा शङ्कास्पद गतिविधि गरेको आरोपमा चिनियाँ र अमेरिकन नागरिक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

काठमाण्डौँ । नेपालमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा अध्यागमन विभागले एक जना चिनियाँ नागरिक र एक जना अमेरिकनलाई पक्राउ गरेको छ । सोमबार चिनियाँ नागरिकलाई चाबहिलबाट र अमेरिकन नागरिकलाई ठैवबाट पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए ।

उनीहरू भिसाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधिमा संलग्न रहेको विभागको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विभागले उनीहरूको नाम सार्वजनिक गरेको छैन । पकनाजोलमा फ्ल्याट लिएर बस्दै आएका चिनियाँ नागरिक २०१२ मा पर्यटक भिसामा नेपाल आएको र त्यसपछि १३ पटक व्यावसायिक भिसा लिएको भेटिएको छ । ६ वटा कम्पनी स्थापना गरेर व्यावसायिक भिसा लिए पनि उनले विभिन्न विद्यालयहरूमा अध्यापन गर्दै आएको निर्देशक ढकालले बताए ।

अमेरिकी नागरिक २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरेका थिए । सन् २०२० मा पुनः नेपाल आएर उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर प्रालि नामको कम्पनी स्थापना गरेका थिए । सो कम्पनीको ठेगाना ललितपुरका सैंबुमा उल्लेख गरेको भेटिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *