सागर ढकाल आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर घरदैलो गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ९

काठमाण्डौं । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका सागर ढकाल आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रमा घरदैलो अभियानमा व्यस्त देखिएका छन् । ढकालले गुल्मी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा उनी क्षेत्र नम्बर–२ मा पुगेका छन् । क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार गोविन्द पन्थी छन् । ढकाल र पन्थीसँगै घरदैलोमा छन् ।

गुल्मी क्षेत्र नम्बर–१ मा ढकालको मुख्य प्रतिस्पर्धा एमालेका प्रदीप ज्ञवाली, कांग्रेसका डा. चन्द्र भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालसँग हुने छ ।

त्यस्तै, क्षेत्र नम्बर–२ मा गोविन्द पन्थीको प्रतिस्पर्धा एमालेका गोकर्ण विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतसँग हुने छ ।

नयाँ दल र नयाँ उम्मेदवारले पुराना तथा हेभीवेट नेताहरूसँग प्रतिस्पर्धा गर्ने भएकाले गुल्मी जिल्लाको चुनावी माहोल थप चासोको विषय बनेको छ ।

यसैबीच ढकालले चुनाव प्रचार अभियानको खर्च सार्वजनिक गरेका छन् ।

उनले माघ ८ गते बेलुकी मालिका गाउँपालिकामा बसेका चार जनाको खर्च सार्वजनिक गरेका हुन् । उनका अनुसार एक रातमा २ हजार ६२५ रुपैयाँ खर्च भएको छ । उनले मासु, मदिरा लगायतमा खर्च नगर्न आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *