- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।
- वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजाको कारोबारमा पनि सफलता पाइएला ।
- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । साँझमा अधुरा काम बन्न सक्छ, तर नियमित खर्चसमेत बढ्ने योग पनि छ ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले सहयोग जुटाउनेछन्, शेयर बजारको कारोबार कमजोर रहला ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारको कारोबार पनि राम्रै रहला ।
- तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)


जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक / सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)


कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर शेयर बजारको कारोबारमा सफलता नपाइएला ।
- धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)


शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सानतिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ, तर नयाँ लगानिको अवसर मिल्नेछ ।
- मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)


धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)


महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
- मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)


शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । रोकिएको काम सुरु हुन पनि सक्छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्