काठमाडौं-३ मा रास्वपाको राजुनाथ पाण्डे उम्मेदवार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ ।

रास्वपाले उनलाई काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।

पाण्डेले आफूले टिकट पाएको र मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए । आसन्न निर्वाचनमा सहभागी हुन भन्दै उनले केही दिनअघि महानगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *